विपक्षी गठबन्धनले सांसदहरुको हस्ताक्षर फायल गर्दै, सरकार गठनमा दाबी गर्ने काठमाडौं। विपक्षी गठबन्धनले नयाँ सरकार गठनको दाबी गर्न तयारी थालेको छ। आज सिंहदरबारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधव समूह नयाँ सरकार गठनको तयारीमा जुटेका छन्। अहिले सांसदहरुको हस्ताक्षर संकलन गरेर फायल गर्ने तयारी भइरहेको जसपाका एक सांसदले देखापढीलाई बताए। ती सांसदले भने, ‘सांसदहरुको हस्ताक्षर फायल भइरहेको छ। प्रधानमन्त्रीमा कसलाई अघि सार्ने भन्ने टुंगो लागेको छैन।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्