विपक्षी गठबन्धनको दाबीः १४९ जना सांसदको हस्ताक्षर जुटायौं काठमाडौं। विपक्षी गठबन्धनले नयाँ सरकार गठनको दाबीका लागि १ सय ४९ जना सांसदहरुको हस्ताक्षर जुटाएका छन्। आज नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा १४९ जना सांसदहरुको हस्ताक्षर तयार भएको बताइएको छ। कांग्रेसको दलको कार्यालयमा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका माधव नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई लगायत अरु शीर्ष नेताहरुबीच बैठक जारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्