देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २७ र जसपाका १३ जना सांसदले गरे हस्ताक्षर काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री बनाउन नेकपा एमालेका २७ जना सांसदहरूले हस्ताक्षर गरेका छन्। आज देउवाको नेतृत्वमा सरकार गठन गर्न एमालेका २७ जना सांसदहरुले हस्ताक्षर गरेका हुन्। माधव पक्षका सांसद जीवन श्रेष्ठले देखापढीसँग भने, ‘हो, म हस्ताक्षर गरेर निस्किएँ, १४९ जनाको हस्ताक्षर पुगेको जानकारी पाएको छु।’ त्यस्तै जनता समाजवादी पार्टीका १३ जनाले हस्ताक्षर गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्