पदमुक्त भएका ७ जना मन्त्रीले सम्हालेका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई
काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पदमुक्त भएका ७ जना मन्त्रीहरुले सम्हालीरहेका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको छ। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक सूचना जारी गर्दै जिम्मेवारी दिएकी हुन्। अर्को ब्यबस्था नभएसम्मको लागि कार्यभार सम्हाल्ने गरी जिम्मेवारी दिएको सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्