नयाँ सरकार गठनका लागि १५३ मतसहित प्रधानमन्त्री ओलीको दाबी प्रस्तुत काठमाडौं। नयाँ सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले १५३ मतसहित बहुमतको दाबी गरेका छन्। आज राष्ट्रपति निवास शीतल निवास पुगेर प्रधानमन्त्रीले १५३ मतसहित बहुमतको दाबी गरेको राजन भट्टराईले देखापढीलाई बताए। “१५३ मतसहित प्रधानमन्त्रीमा दाबी गर्नुभएको छ,” उनले भने,“२७ जना विपक्षी गठबन्धनमा कसरी हुनसक्छ त्यस्तो? दलको नेता ओली हुनुहुन्छ। दल एउटै छ, पार्टीको ह्वीप लाग्दैन त्यसरी?”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्