देउवालाई प्रधानमन्त्री बनाउन योगेश भट्टराईद्वारा अस्वीकार, हस्ताक्षर गर्न मानेनन्
काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न एमाले नेता योगेश भट्टराईले अस्वीकार गरेका छन्।
आज सिंहदरबारमा एमालेका २७ जना सांसदहरुले हस्ताक्षर गरेको भन्ने कुरा चलिरहँदा नेता भट्टराईले कुनै हस्ताक्षर नगरेको उनीनिकट श्रोतले देखापढीलाई बताए। “योगेशजीबाहेक उपस्थित सबैले हस्ताक्षर गर्नुभएको छ। उहाँले हस्ताक्षर गर्न मान्नुभएन।” विपक्षी दलका नेताहरु नयाँ सरकारको दाबी गर्न अहिले शीतल निवास पुगेका छन्।
प्रतिक्रिया दिनुहोस्