एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थन
काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री बनाउन एमालेका १२१ र जसपाका ३२ जना सांसद गरी १५३ संसदको समर्थन रहेको छ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले दिएको जानकारीअनुसार जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो र एमालेको तर्फबाट पार्टीअध्यक्ष एवं संसदीय दलका नेता ओलीले हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया दिनुहोस्