यी हुन् देउवाको पक्षमा हस्ताक्षर नगर्ने माधव नेपाल पक्षिय एमाले सांसदहरु
काठमाडौं। माधव नेपाल पक्षिय भएपनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सही नगर्ने एमाले नेताहरुमा गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, योगेस भट्टराई र जयकुमार राई रहेका छन्। भट्टराई र राईले समर्थनपत्रमा हस्ताक्षर गरेका छैनन् भने विष्ट र पाण्डेले हस्ताक्षर दुरुपयोग भएको सार्वजनिक गरेका छन्। उनीहरु सवैले पार्टीभित्र अन्तर संघर्ष भएपनि विभाजनको पक्षमा सहमति नगरेको र हस्ताक्षर नगरेको सार्वजनिक गरेको छन्।
प्रतिक्रिया दिनुहोस्