मुख्यमन्त्री गुरूङद्वारा स्वास्थ्य मन्त्रालयको पदभार ग्रहण
काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका छन्। मुख्यमन्त्री गुरुङले मागको आधारमा स्वास्थ्य पूर्वाधार विकासका लागि ७३ वटा पालिकाहरुमा समान ५ लाख रुपैयाँ रकम उपलब्ध गराउने र बाँकीमा माग हुनासाथ पठाउने निर्णय गरेका छन्। उक्त रकम स्वास्थ्य सुरक्षा सामग्रीसहित कोभिड–१९ रोकथामका लागि पालिकाहरुले खर्च गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्