नयाँ सरकार नै नबनी प्रधानमन्त्री ओलीले नै निर्वाचन गराउन सक्ने
काठमाडौं। अब देशमा नयाँ सरकार नै नबनी निर्वाचनको मिति घोषणा हुन सक्ने आँकलन गरिएको छ। आज ५ बजेको समयसीमाभित्र प्रधानमन्त्री पदका लागि परेको २ जनाको दाबीमा राष्ट्रपतिले विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेखेमा यो अवस्था आउन सक्छ। त्यसो भयो भने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिवाट निर्वाचनको घोषणा हुनेछ। कामचलाउ प्रधानमन्त्रीको रुपमा ओलीले नै निर्वाचन गराउने छन्।
प्रतिक्रिया दिनुहोस्