पार्टी निर्णयविरुद्ध हस्ताक्षर गर्ने सांसदमाथि छानबिन गर्न एमालेले राष्ट्रपतिलाई पठायो पत्र काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन हस्ताक्षर गरेका माधव नेपालसमूहका सांसदहरूमाथि नेकपा एमालेले छानबिन गर्ने भएको छ। एमालेले पार्टी निर्णयविरुद्ध हस्ताक्षर गरेका सांसदहरूमाथि छानबिन गर्ने पत्र राष्ट्रपति कार्यालयलाई पठाएको छ। राष्ट्रपतिले सबै प्रक्रिया हेरिरहेकाले एमालेले हस्ताक्षर दुरुपयोगबारे छानबिन र कारवाही पनि गर्ने एक एमाले नेताले बताए। एमालेका २६ जना सांसदहरूले देउवालाई प्रधानमन्त्री बनाउने भन्दै हस्ताक्षर गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्