नेपाली काँग्रेसले बोलायो पदाधिकारी बैठक
काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी बैठक अहिले बस्दैछ। आजको बैठकमा संसद विघटन र निर्वाचन घोषणाका सम्बन्धमा छलफल हुनेछ। राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैजनाको बहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरी राती नै निर्वाचनको मिति घोषणा भएको छ। राष्ट्रपति र प्रधानमन्त्रीको कदमबारे छलफल गरी आवश्यक धारणा तय गर्ने काँग्रेसका एक नेताले बताए।
प्रतिक्रिया दिनुहोस्