षड्यन्त्रकारीको उक्साहटमा संसदको चिरहरण भयो : नेता नेपाल
काठमाडौं। एमालेका नेता माधवकुमार नेपालले षड्यन्त्रकारीको उक्साहट र चाहनामा संसदको चिरहरण भएको बताएका छन्। सामाजिक सञ्जालमा नेपालले प्रतिगमन दोहोरिएको र सर्वसत्तावाद लाद्ने उदेश्यले चुनावको घोषणा गरेको उल्लेख गरेका छन्। ‘चुनाव उद्घोष जालझेल हो। यो व्यवस्था नै ‘कु’ गर्ने अग्रसरता हो। शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ’, उनले भनेका छन्। उनले डटेर यसको प्रतिवाद गर्न सबैलाइ आह्वानसमेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस्