चुनावबाट ब्रम्हलुट र सर्वसत्तावाद पराजित गर्न राप्रपा अध्यक्ष थापाको आव्हान
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुनावबाट ब्रम्हलुट र सर्वसत्तावाद पराजित गर्नुपर्ने बताएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राती प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेपछि उनले ट्वीटरमा लेखेका छन्, “चुनावको कार्यदिशाः स्वास्थ संकटकाल घोषणा, सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत परिचालनगरी तीन महिनाभित्र कोरोना महामारी नियन्त्रण गर्र्ने,आम नागरिकलाई खोपको व्यवस्था गर्ने, चुनाव निष्पक्ष÷स्वतन्त्ररूपमा सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने।”
प्रतिक्रिया दिनुहोस्