प्रतिनिधिसभा विघटनको घोषणा प्रतिगामी, निरङ्कुश एवं राष्ट्रघाती कदम : नारायणकाजी श्रेष्ठ काठमाडौं। नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक,अलोकतान्त्रिक, प्रतिगामी,निरङ्कुश एवं राष्ट्रघाती कदम भएको बताएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति गएराती गरेको उक्त कमदको जति निन्दा एवं भत्र्सना गरेपनि कम हुने उनले बताएका छन्। “घोषित समयमा निर्वाचन हुने र लोकतन्त्रलाई सुदृढ बनाउने गरी त्यसको अङ्गको रुपमा स्वच्छ निर्वाचनको अपेक्षा गर्न सकिने स्थिति छैन,’ फेसबुकमा उनले लेखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्