राष्ट्रपतिको असंवैधानिक कदमले देशलाई भयंकर द्वन्द्वमा पुर्‍याएको छ– डा. शेखर कोइराला काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको असंवैधानिक कदमले देशलाई भयंकर द्वन्द्वमा पु¥याएको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, “आफ्नो पदको मर्यादा तोडेर संविधानका अभिभावकले मध्यरातमा फेरि संविधान च्याते। राष्ट्रपतिको असंवैधानिक र गैर राजनीतिक कदमले देशलाई भयंकर द्वन्द्वमा पुर्‍याएको छ। संविधान अन्त्य गर्ने काम भइसकेको छ। राष्ट्रपतिको यो कदम कहिले माफ गर्न सकिँदैन।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्