एमाले नेता गौतम भन्छन्- माधव नेपाल समूहले गरेका अपराधको छानविन हुनपर्छ
काठमाडौं।एमालेका नेता राजेन्द्र गौतमले तत्काल केन्द्रीय समितिको बैठक बसेर माधव नेपाल समूहले गरेका पार्टी एकता विरोधी गतिविधिको छानविन गर्नुपर्ने माग गरेका छन्।माधव नेपाल समूहले कर्णालीमा फ्लोरक्रस, लुम्बिनीमा मुख्यमन्त्रीविरुद्ध गठबन्धन,आफ्नै पार्टीका अध्यक्षलाई विश्वासमा मत नदिनु, पार्टी उम्मेदवार रामबहादुर थापालाई हराउनु र देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेलगायतका अपराध गरेकाले केन्द्रीय समितिको बैठकबाट छानविन गर्नुपर्ने नेता गौतमले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रतिक्रिया दिनुहोस्