नेकपा महासचिव विप्लव भन्छन्- जनमतसंग्रहबाट नयाँ ब्यवस्था चुनौं काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदीय ब्यवस्था कि वैज्ञानिक समाजवादी ब्यवस्था भनेर जनमतसंग्रह गर्न तयार भए संयुक्त सरकारमा जाने बताएका छन्। आज प्रेस विज्ञप्ति प्रकाशित गर्दै महासचिव विप्लवले भने,"अहिलेको संसदीय ब्यवस्था असफल भयो। अब नयाँ ब्यवस्थाको पक्षमा उभिनु पर्छ। यसका लागि जनमतसंग्रह उत्तम विकल्प हो। जनमतसंग्रह गर्न राजनीतिक दल तयार भए संयुक्त सरकारमा जान तयार छौं।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्