नेपाललाई लक्षित गर्दै प्रधानमन्त्रीले भने धोका र बेइमानी झाँसिकी रानीको विरुद्ध मात्र भएको होइन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा लड्दा झाँसिकी रानीविरुद्ध मात्र नभइ अरुविरुद्ध पनि धोका र बेइमानी भएको बताएका छन्। बुद्धिबहादुर रायमाझी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेपनि आन्दोलनकाविरुद्ध इतिहासमै नभएका,नग्न,कुरुपता र अनुशासनहिनताको पराकाष्ट देखिएको बताए। "विपक्षसँग मिलेर नेपालभरी फिजिएको उज्यालोलाई निभाउने जनविरोधी शक्तिको मतियार र सेवक भएर निलज्जतापूर्वक आन्दोलनकोविरुद्धमा लाग्ने तत्वहरु देखिएका छन्," प्रधानमन्त्रीले भने।
प्रतिक्रिया दिनुहोस्