कानुनविद्सँग परामर्श गर्दै विपक्षी गठबन्धन काठमाडौं। विपक्षी गठबन्धनले संसद विघटन र निर्वाचन घोषणाविरुद्ध अदालतमा जानु अगाडि कानुनविद्हरुसँग छलफल गरिरहेका छन्। उनीहरुले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गरिरहेको एक नेताले बताए। छलफलको संयोजन कांग्रेस केन्द्रीय सदस्य तथा कानुनी विषयका जानकारी रमेश लेखकले गरिरहेका छन्। विपक्षी गठबन्धनको बैठकले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गर्ने निष्कर्ष निकालेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्