संसद विघटन पुस ५ को अर्को कडी भएको माओवादी केन्द्रको ठहर काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अग्रगमनको पक्षमा उभिएर संघर्ष गर्न सबैमा आह्वान गरेका छन्। अध्यक्ष दाहालले विज्ञप्ति जारी गर्दै संवैधानिक रूपमा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भए पनि त्यसो नगरिएको बताइएको छ। "मध्यराति नै प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरिएको छ। यो २०७७ सालको पुस ५ को प्रतिगामी कदमको अर्को कडी हो," विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्