माधव नेपालसहित १० सासंदमाथि लाग्यो यस्तो आरोप
काठमाडौं। नेकपा एमालेले ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय आजको एमाले स्थायी कमिटी बैठकले गरेको छ। कम्युनिष्ट आन्दोलन कमजोर पार्न, सरकार गिराउन, विपक्षी दलका नेतालाई सरकारमा पुर्याउन गरेको गतिविधिका कारण स्पष्टीकरण सोधिएको प्रवक्ता प्रदिप ज्ञवालीले बताए। उनले भने, “आफ्नो दलको अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्रीलाई हटाउन विपक्षी दलहरूसँग मिलेर सरकार बनाउन गतिविधि गरेकाले स्पष्टीकरण सोधिएको हो।”
प्रतिक्रिया दिनुहोस्