गण्डकी प्रदेशसभा बैठक २३ पुसदेखि
पोखरा। गण्डकी प्रदेश सभाको बैठक २३ पुसदेखि बस्ने भएको छ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले २३ पुसदेखि प्रदेश सभा बैठक सञ्चालन गन गण्डकी प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयलाई प्रदेश भवन निर्माणसम्बन्धी विधेयक २०७६ को मस्यौदा तयार गर्न सैद्धान्तिक स्वकृति दिइएको छ।

यसैगरी बैठकले प्रदेश सिँचाइसम्बन्धी विधेयक २०७६ मस्यौदा तर्जुमाका लागिसमेत सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ।

यसअघि प्रदेशसभाका सम्पन्न चारवटा बैठकले विभिन्न ३० वटा विधेयक पारित गरेको छ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले नवलपरासी बर्दघाट सुस्तापूर्वस्थित धवादी फलाम खानीमा प्रदेश सरकारले तीन प्रतिशत शेयर खरिद गर्ने र सोही बराबर हिस्साबापत १२ करोड लगानी गर्ने निर्णय गरिएको जानकारी दिए।

फलाम खानीमा थप ४८ करोड शेयर लगानीका गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग अनुरोध गर्ने निर्णयसमेत गरिएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्