सुकीको पार्टी खारेज गर्ने म्यान्मारको निर्वाचन आयोगको तयारी नेपिडो। म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) खारेज हुने सम्भावना छ। निर्वाचन आयोगले गत वर्ष नोभम्बरको निर्वाचनमा जालसाझी गरेको आरोप लगाउँदै पार्टी खारेजको विचार गरिरहेको हो। सेनाद्वारा नियुक्त आयोगका अध्यक्ष थेइन सोएले सुकीको पार्टी खारेज गर्नेबारे विचार गरिरहेको जानकारी दिएका हुन्। उक्त निर्वाचनमा एनएलडीले ८३ सिट जितेको थियो। (रासस/एएनआई)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्