प्रधानमन्त्रीलाई गगन थापाको जवाफ : गणतन्त्रमा सम्मान कामले पाइन्छ काठमाडौं। नेपाली कांग्रेसका युवानेता गगन थापाले गणतन्त्रमा सम्मान नामले नभई कामले पाउने बताएका छन्। “राष्ट्रपतिलाई ‘तिमी’ भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “सम्माननीय राष्ट्रपतिबाट ‘तपाईं’ हुँदै ‘तिमी’मा कसले ओरालेको?” प्रधानमन्त्री ओलीकै काम र प्रवृत्तिले राष्ट्रपतिको सम्मान ओरालो लागेको उनले आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्