एमाले औपचारिक विभाजनको बाटोमा, माधव नेपाल समूहले छुट्टै पार्टी खोल्ने
काठमाडौं। अन्ततः नेकपा एमाले औपचारिक रुपमा विभाजन हुने निश्चित भएको छ। माधवकुमार नेपाल समूहले एकताको सबै आधार सकिएको भन्दै छुट्टै नेतृत्व दिएर अघि बढ्ने तयारी थालेसँगै एमाले विभाजनको बाटोमा गएको हो। “अब कसरी अघि बढ्ने, कस्तो योजना/मोडेल बनाउने? आन्दोलनलाई अघि बढाउन कस्तो कार्ययोजना बनाउनेबारे सोच्नुपर्ने अवस्थामा छौैं”, अष्टलक्ष्मी शाक्यले देखापढीसँग भनिन्, “फागुन २३ पछि एमालेमै फर्केपनि हामीलाई शत्रुजस्तै व्यवहार गरियो।”
प्रतिक्रिया दिनुहोस्