विपक्षी गठबन्धनको सिंहदरबारमा छलफल, एक बजे सर्वोच्च पुग्ने तयारी काठमाडौं।प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा बदर गर्न विपक्षी दलका नेताहरुसहित १४९ जना सांसदहरु सर्वोच्च अदालत जाने तयारीमा छन्। सिंहदरबारमा विपक्षी दलका नेताहरुले कसरी रिट दायर गर्नेबारे छलफल गरिरहेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, माधव नेपाल समूह र जसपाका सांसदहरु भेला भएर छलफल चलिरहेको जसपा सांसद रामसहाय यादवले देखापढीलाई बताए। उनले १ बजे सर्वोच्च जाने गरी तयारी भइरहेको जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्