लोकतन्त्रको पक्षमा सर्वोच्चले फैसला गर्ने विवेकशील साझाको विश्वास
काममाडौं।विवेकशील साझा पार्टीले संसद् विघटनबारे यसअघि जस्तै संवैधानिक सर्वोच्चता र लोकतन्त्रको पक्षमा सर्वोच्च अदालतले फैसला गर्ने विश्वास व्यक्त गरेको छ।विवेकशील साझा पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले उक्त विश्वास व्यक्त गरेको हो।“मुलुकमा राजनीतिक अराजकता र विकृति यो हदसम्म मौलाउनुमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी मात्र होइन प्रमुख प्रतिपक्षीसहित संसद्का दलहरू पनि त्यत्तिकै जिम्मेवार छन्”, विवेकशीलको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्