विपक्षी दलका सांसदहरुको हस्ताक्षर संकलन गरिँदै काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध रिट हाल्न सर्वोच्चमा जाने तयारी गरेको विपक्षी गठबन्धनले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गराउन थालेको छ। सिंहदरबारमा १४९ सांसदहरुको हस्ताक्षर संकलन भइरहेको र अबको केहीबेरमा सर्वोच्च अदालततिर प्रस्थान गर्ने जसपा सांसद रामसहाय यादवले देखापढीलाई बताए। “अहिले हाम्रो हस्ताक्षर संकलन गर्ने काम भइरहेको छ, हस्ताक्षर पनि अदालती प्रक्रिया अनुसार भइरहेको छ” उनले भने, “प्रतिगमनविरुद्ध एकजुट भएर लडाइँ लड्न लडदैछौं।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्