योगेश भट्टराईले भने–सबैले बिगतलाई हेरौं, धैर्य गरौं, संवाद गरौं काठमाडौं।नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिशोधको राजनीतिले कसैलाई सही गन्तव्यमा नपुर्‍याउने बताएका छन्।माधव समूहले छुट्टै पार्टी खोल्ने निश्चित भएसँगै नेता भट्टराईले सामाजिक सञ्जालमार्फत सबैले आफ्नो बिगतलाई हेर्नुपर्ने बताएका हुन्।उनले लेखेका छन्,कारबाही,प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा पुर्‍याएको छैन र पुर्‍याउँदैन पनि। पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यही हो। सबैले आफ्नो बिगलाई हेरौं। धैर्य गरौं, संवाद गरौं।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्