चुनावको विरोध गर्ने, महामारीमा जुलुस लगाउन निर्देश गर्ने ? : मुख्यमन्त्री पोखरेल काठमाडौं।लुम्बिनीका मुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलले विपक्षी दलहरुले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन्। उनले ट्वीट गर्दै भनेका छन्, “कोभिड १९को महामारी देखाउदै ६ महिनापछिको चुनावको विरोध गर्ने, अनि महामारीकै बीचमा सडकमा चै जुलुस लगाउन निर्देश गर्ने, हाम्रो राजनीति।” सरकारले गरेको निर्वाचनको घोषणाको विरोध गर्दै विपक्षी दलहरुले राजनीतिक र संवैधानिक बाटो खोज्ने बताएपछि उनले यस्तो जनाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्