सत्ताधारीले वैधता गुमाएपछि भ्रमित बनाउँदैछन् : घनश्याम भुसाल काठमाडौं।नेकपा(एमाले)का नेता घनश्याम भुसालले सत्ताधारी वर्गले ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित पारेर, विभाजन देखाएर नक्कली वैधता सिर्जना गर्न खोजेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत उनले सत्ताधारीले चर्तिकला देखाउँदा क्रान्तिले वैधता पाउने दाबी गरेका छन्। उनले लेखेका छन्, ‘सत्ताले व्यक्तिमा समस्या देख्छ र साम,दाम,दण्ड,भेदजस्ता समाधानका उपायहरु अपनाउँछ।राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले गथ्र्यो भने आज विश्वविद्यालयमा मुख्य रुपमा छक्कापञ्जाको पढाई हुन्थ्यो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्