नेपाली कांग्रेसका क्षेत्रीय सचिवको मृत्यु काठमाडौं। नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सचिव सुदर्शन ऐरको ५२ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण गए राति मृत्यु भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा उनको मृत्यु भएको हो। गत वैशाख २८ गते पीसीआर नतिजा पोजेटिभ आएपछि घरमै आइसोलेशनमा बस्दै आएका ऐरलाई तीन दिनअघि मात्रै स्वास्थ्यमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको थियो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्