लोकतान्त्रिक प्रक्रियाबाट राजनीतिलाई पथभ्रष्ट बनाउन खोजियो : प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रियाबाट राजनीतिलाई पथभ्रष्ट बनाउन खोजिएको टिप्पणी गरेका छन्। आज बालुवाटारमा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका हुन्। ‘गत वर्षदेखि नै सरकार परिवर्तनको खेल सुरु गरिएको थियो, लोकतान्त्रिक अभ्यास विपरीत जनतामा वितृष्णा फैलाउने काम गरियो’, उनले भने, ‘अरु राजनीतिक झमेला, चरित्र हत्या जस्ता स्तरहीन कुराहरु यो देशका निम्ति एउटा चुनौती हो, दुःखद पक्ष हो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्