माधव समूहबाट २७ जना सांसद नपुग्ने काठमाडौं। प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा बदर गर्ने माग गर्दै एमालेको माधव नेपाल समूहका सांसदहरुले हस्ताक्षर गर्दैैछन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा माधव नेपाल समूहका सांसदहरु हस्ताक्षरका लागि पुगेका हुन्। उनीहरुको पक्षमा २७ जना सांसदहरु नपुग्ने भएका छन्। एमाले सांसद रामकुमारी झाँक्रीले कतिपय सांसद कन्ट्याक्ट ट्रेसिङ र आइसोलेसनमा बसेकाले २७ जना नपुग्ने बताएकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्