उपेन्द्र पक्षका सांसदलाई कार्वाही गर्ने तयारीमा महन्थ–राजेन्द्र पक्ष
काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले उपेन्द्र यादव पक्षका सांसदहरुलाई कार्वाही गर्ने तयारी गरेको छ। आज बबरमहलस्थित पार्टी कार्यालयमा छलफल गरेर आजै महन्थ–राजेन्द्र पक्षले उपेन्द्र पक्षका सांसदलाई कार्वाही गर्ने जसपाका एक नेताले बताए। पार्टीको संसदीय मूल्य–मान्यताविरुद्ध विपक्षी गठबन्धनसँग मिलेर हस्ताक्षर गरेका सांंसदहरुलाई कार्वाही प्रक्रिया अघि बढाइएको ती नेताले देखापढीलाई बताए।
प्रतिक्रिया दिनुहोस्