लुम्बिनी प्रदेशको उपनिर्वाचनको उम्मेददारलाई चिन्ह प्रदान काठमाडौं। निर्वाचन आयोगले जेठ १७ गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम सम्पन्न गरेको छ। आयोगले आज जारी गरेको विज्ञप्तिअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का चन्द्रबहादुर खड्कालाई सूर्य चिन्ह र नेपाली कांग्रेसका उम्मेदवार दीर्घनारायण पाण्डेयलाई रुख चिन्ह प्रदान गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्