राष्ट्रहित विपरीत र आपत्तिजनक अध्यादेश फिर्ता हुनुपर्छः कमल थापा काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रपतिले नागरिकता सम्बन्धी जारी गरेको अध्यादेश फिर्ता गर्नुपर्ने माग गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै अध्यक्ष थापाले फिर्ता हुनुपर्ने माग गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत सत्ताका निम्ति नागरिकता जस्तो संवेदनशील विषयमा छलफल नगरी ल्याइएको अध्यादेशको भत्सर्ना गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्