नागरिकता अध्यादेश प्रमाणीकरणले एकदम खुशी छु: प्रभु साह काठमाडौ। निवर्तमान शहरी विकासमन्त्री एवं नेता प्रभु साहले नेपाल नागरिकता अध्यादेश २०७८ प्रमाणीकरण भएकोमा आफू असाध्यै खुशी भएको बताएका छन्।आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिक अध्यादेश (पहिलो संशोधन) २०७८ प्रमाणीकरण गरेपछि प्रतिक्रिया जनाउदै नेता साहले आफ्नो अथक प्रयासबाट लाखौं जनताको नागरिकतासम्बन्धी समस्या समाधान हुने अन्तिम विन्दुमा पुगेको बताए।अध्यादेशसंगै अब विदेशी बुहारीले पनि नागरिकता लिन ७ वर्ष कुर्नु नपर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्