कांग्रेसले भन्यो, नागरिकता अध्यादेश सबैको सहमतिमा सदनबाटै पास गराउनु पर्थ्यो
काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नागरिकता सम्बन्धी मुद्दा सबैको सहमतिमा सदनबाट पास गराउँदा उपयुक्त हुने बताएका छन्। "जुनबेला कांग्रेसले संसदबाट पास गराउन खोज्दै थियो, त्यसबेला सत्तापक्षले मानेन," राष्ट्रपतिद्वारा जारी नागरकितासम्बन्धी अध्यादेशप्रति टिप्पणी गर्दै सचेतक खाँडले भने, "सबैको सहमतिमा सदनबाटै पास गराउँदा ज्यादै उपयुक्त हुने थियो।" उनले राष्ट्रपति र प्रधानमन्त्री मिलेर अध्यादेशबाट मुलुक चलाउन खोजेकोमा आपत्ति जनाए।
प्रतिक्रिया दिनुहोस्