जसपा महन्थ पक्षले भन्यो, ‘नागरिकतासम्बन्धी अध्यादेश स्वागतयोग्य’
काठमाडौं। जनता समाजवादी पार्टीले राष्ट्रपतिद्वारा जारी नागरिकतासम्बन्धी अध्यादेशको स्वागत गरेको छ। निरन्तर संघर्ष र प्रयासपछि जन्मसिद्ध नागरिकका सन्तानले वंशज नागरिकता प्राप्त गर्ने अवसर प्राप्त भएको जसपाले जनाएको छ। ‘लाखौं लाख संख्यामा रहेका नेपाली नागरिक आमाका सन्तान र जन्मसिद्ध नेपाली नागरिकका सन्तान जसलाई नेपाली नागरिकताबाट बञ्चित राखिएको थियो।’ जसपा अध्यक्ष महन्थ ठाकुरद्वारा प्रेस वक्तव्यमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस्