प्रत्यक्ष निर्वाचन प्रणालीको माग गर्दै 'नेपालका लागि नेपाली पार्टी' स्थापना
काठमाडौं। नेपालमा थप नयाँ राजनीतिक दल खुलेका छन्। डा.सुरेन्द्र भण्डारीको नेतृत्वमा 'नेपालका लागि नेपाली पार्टी' नामको दल खुलेको हो। जसमा राष्ट्रिय अध्यक्ष बालकृष्ण न्यौपाने र प्रवक्तामा डा.विजयप्रसाद मिश्र रहेका छन्। उक्त राजनीतिक दलले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै संसदीय प्रणाली त्यागेर प्रत्यक्ष प्रधानमन्त्री निर्वाचन गर्ने प्रणाली र भ्रष्टाचारीलाई निर्वाचनबाटै परास्त गर्ने नारा दिएको बताएको छ।
प्रतिक्रिया दिनुहोस्