एमालेका मुख्य सचेतकले फिर्ता गरे गाडी काठमाडौं। नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईले गाडी फिर्ता गरेका छन्। उनले लेखेका छन्, ‘जिम्मेवारी दुई महिना २२ दिन पुरा गरी आजबाट विधिवत बिदा भएको छु। आजै त्यस हैसियतले मैले प्राप्त गरेको गाडी र कार्यालय संसद सचिवालयलाई जिम्मा लगाएको छु।’ भट्टराईले जिम्मेवारी प्रदान गर्ने पार्टीका संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार व्यक्त गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्