परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन कुराकानी
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी उप–विदेशमन्त्री वेन्डी शेरमेनसँग टेलिफोनमा कुराकानी गरेका छन्। टेलिफोनमा नेपाल–अमेरिका सम्बन्ध, कोरोना महामारीका सन्दर्भमा सहयोग, साझा अन्तर्राष्ट्रिय मुद्दालगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुवै देशका मन्त्रीले हाल रहेको दुई देशबीचको सम्बन्धमा सन्तुष्टि व्यक्त गरेका थिए। आगामी दिनमा आपसी हितका द्विपक्षीय तथा बहुपक्षीय विषयमा छलफललाई बढावा दिन दुवै मन्त्री सहमत भएका थिए।
प्रतिक्रिया दिनुहोस्