एमाले माधव समूहका सांसद रावलको टिप्पणी : नागरिकतामा सत्ताको सौदाबाजी
काठमाडौं। नेकपा एमाले माधव समूहका सांसद झपट रावलले नागरिकतामा सत्ताको सौदाबाजी गरिएको टिप्पणी गरेका छन्। राष्ट्रपतिद्वारा जारी नागरिकतासम्बन्धि अध्यादेशप्रति उनले यस्तो टिप्पणी गरेका हुन्। आज सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘त्यसबेला अधिकारकर्मी र मधेसी दलको चर्को विरोधबीच ओली टसमस थिएनन्, तर सत्ता संकटमा परेपछि यस्ता प्रावधान हटाएर नागरिकता अध्यादेश जारी गराएका छन्।’
प्रतिक्रिया दिनुहोस्