यस्ता छन्, कोरोना नियन्त्रणको लागि माओवादी केन्द्रको १५ बुँदे प्रस्ताव
काठमाडौं। कोरोना नियन्त्रणका लागि माओवादी केन्द्रको स्थायी समिति बैठकले पारित गरेको १५ बुँदे प्रस्ताव सार्वजनिक गरेको छ। जसमा पहिलो नम्बरमा प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलीय संयन्त्र बनाउने प्रस्ताव छ। यस्तै केन्द्रमा अध्यक्ष प्रचण्डको नेतृत्वमा कोभिड स्वास्थ्य इकाई गठन गर्ने, स्वयमसेवकलाई दक्ष बनाउने, खोप प्राप्त गर्न पार्टीले कुटनीतिक पहल गर्ने, कालोबजारी र सामानको दुरुपयोगगर्नेमाथि कारबाही हुनुपर्ने लगायतका प्रस्ताव गरिएको छ।
प्रतिक्रिया दिनुहोस्