माओवादी केन्द्र ले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने काठमाडौं । नेकपा माओवादी केन्द्रले कोभिड-१९ संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन उत्पादनका अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ। पार्टीले सरकारी र सामुदायिक अस्पतालहरुको नजिक पर्ने गरी सातै प्रदेशमा १/१ वटा गरी ७ वटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको हो। माओवादी केन्द्रको जेठ ५ र ६ गते बसेको स्थायी समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्