के भीडभाड गर्ने सांसदहरुलाई कोरोना लाग्दैन?
काठामाडौं। कोरोनाको बढ्दो संक्रमणका कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ। पाँचजनाभन्दा बढीलाई भेला हुन रोक पनि लगाइएको छ। तर सबै मादपण्डलाई ख्यालै नगरी निषेधाज्ञाका बाबजुद सर्वोच्च अदालतमा आज कहिल्यै नदेखिएको भीडभाड देखियो। त्यो भीडभाड देशकै १४६ जना सांसदहरुले गरेका हुन्। कतिपय सांसदले त नाक छोपिने गरी मास्कसमेत लगाएका थिएनन्। यसबाट एउटै प्रश्न उब्जिएको छ, ‘के सांसदहरुलाई कोरोना लाग्दैन?’
प्रतिक्रिया दिनुहोस्