एमालेको स्थायी कमिटी बैठक जारी, माधव समूहमाथि कारबाही हुनसक्ने काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा माधव नेपाललगायतका नेताहरुको पछिल्लो भूमिकाका विषयमा छलफल जारी रहेको एमालेका एक नेताले बताए। बैठकमा स्पष्टीकरण सोधिएको विषय र कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुमाथि कारबाही गर्ने विषयमा छलफल भइरहेको छ। आजै कारबाही गर्ने वा के गर्ने भन्नेबारे टुंगो लाग्ने ती नेताले देखापढीलाई बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्