एमालेका नेता माधव नेपाल र झलनाथ खनालसहित ११ जनालाई साधारण सदस्यबाट निष्कासित काठमाडौं। नेकपा एमालेले माधव नेपाल, झलनाथ खनाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको छ। आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपाल र खनालसहित भीम रावल,रामकुमारी झाँक्री,मुकुन्द न्यौपाने,कलिला खातुन, सरला यादव,पुष्पाकुमारी कर्ण,निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ र कल्याणी खड्कालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो। स्पष्टीकरण सोधिएका ११ जनालाई नै कारबाही गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्